श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम तथा रोजगार प्रबद्र्धनमा साझेदारी आवश्यक रहेको बताएका छन् । श्रम तथा रोजगारका क्षेत्रमा सङ्गठित र समन्वयात्मक तवरले काम गर्न सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक योजना तयार गरेको बताए ।
स्विस कन्ट्याक्स्टको स्टेप अप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धि नेपाली कै हातमा रहेको बताउँदै नयाँ र प्रभावकारी तवरले इमानदारीपूर्वक काम गर्नुपर्ने बताए ।
रोजगार र आर्थिक विकास एक आपसका परिपूरक रहेको उनको भनाई थियो । आगामी दशकमा नेपालले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ति र आर्थिक विकासका लागि श्रम बजार प्रवर्द्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए । नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको बताए ।
संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्विस कनट्र्याक्ट प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तर्राष्ट्रिय श्रम दिवसदेखि सबै स्थानीय तहमा बिस्तार हुने बताए । अन्तर तह, अन्तर निकाय समन्वय र सहकार्यलाई व्यापकता दिनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण