गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन आपराधिक घटना भएको बताएका छन् । कानुन,न्याय तथा मानवअधिकार समितिमा शुक्रवार जवाफ दिँदै मन्त्री लेखकले तीनकुने घटनाको विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य भएकोमा विवाद नै हुन नसक्ने दाबी गरे ।
उनले भने- ‘घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा म प्रस्ट छु ।’ जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीभित्र गएर हेर्दा मात्रै पनि त्यो घटना कति विध्वंसात्मक र आपराधिक थियो भन्ने थाहा हुने उनले बताए ।
‘अत्यन्त राम्रोसँग काम गरिरहेको मौलिक उद्योग जडीबुटी आक्रमण गरेर ध्वस्त पारियो । त्यहाँभित्र गएर हर्ने हो भने मात्रै पनि यो घटना कति विध्वंसात्मक र आपराधिक थियो भन्ने देखिन्छ ।’
तीनकुने घटनाका क्रममा व्यक्तिका सम्पत्ति, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र र सवारी साधनमा तोडफोड, आगजनी र विध्वंस गर्ने काम भएको जवाफ समितिमा दिए । उक्त घटना अत्यन्त आपराधिक प्रकृतिको भएको दोहोर्याउँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार चनाखो भएको बताए ।
उक्त घटनालाई आफूहरूले गम्भीरतापूर्वक लिएको र आइन्दा यस्ता घटना हुन नदिने उनको भनाइ थियो । उनले असहमतिहरू शान्तिपूर्ण रूपमा राख्ने र जनमतबाट स्वीकृत गराउने अधिकार संविधानले नै दिएको पनि स्पष्ट पारे । यसैगरी उनले उक्त घटनामा घाइते भएका सबैको अस्पतालमा गएर स्वास्थ्य अवस्था बुझेको र उनीहरू सबैको सरकारले स्वास्थ्य उपचार खर्च बेहोर्ने जानकारी दिए ।
‘म आफैँले अस्पतालहरूमा पुगेर घाइतेको अवस्था बुझेको छु । प्रधानमन्त्रीको नेतृत्वमा सोही दिन (चैत १५) मन्त्रिपरिषद्को बैठकबाट नै निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ । बाहिरबाट औषधि किन्नुपरे पनि सबै घाइतेको त्यसको उपचार खर्च सरकारले ब्यहोर्छ,’ उनले भने-‘कसैले पाउन बाँकी रहे प्रक्रिया पूरा गरी उपलब्ध हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव