सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
काठमाडौं । शिक्षक महासंघको आह्वानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै समाजवादी मोर्चा, नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ ।
मोर्चाले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।
प्रेस वक्तव्यमा मोर्चाले शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
मोर्चाले शिक्षकका उठान गरिएका मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न र संविधानद्वारा प्रत्याभूत शिक्षाको हक सुनिश्चित गर्न सरकारसँग जोडदार अपिल गरेको छ।
साथै, शिक्षामा समान पहुँच र गुणस्तर सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि संसदको विशेष अधिवेशन सर्वदलीय सहमतिमा तत्तकाल आह्वान गर्न आग्रह गरिएको हो।
समाजवादी मोर्चाका संयोजक विप्लवद्वारा हस्ताक्षरित वक्तव्यमा विद्यालय शिक्षा ऐन प्रभावकारी कार्यान्वयनका लागि समेत सरकारलाई गम्भीर पहल गर्न अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण