युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार

काठमाडौं । युवा साहित्य सम्मेलनमा आयोजित वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकी छन् ।
काभ्रे स्थायी घर भएकी उनले विजेता भए बापत १ लाख रुपैंयाँ नगद पुरस्कार प्राप्त गरिन् । कार्यक्रममा दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो भए । दोस्रो र तेस्रोले क्रमस ३० हजार रुपैंयाँ प्राप्त गरेका छन् ।
सोही अवसरमा आयोजित निबन्ध प्रतियोगितामा मनोज बुढाले प्रथम स्थान हासिल गरेर ५० हजार रुपैंयाँ हात पारेका छन् । यही प्रतियोगीतामा दोस्रो स्थान हासिल गरेकी ज्योती घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो स्थान हासिल गरेर २० हजार रुपैंया जितेका छन् ।
यस्तै, कविता प्रतियोगितामा जीवन आरोही राईलेप्रथम स्थान हासिल गरेर ५० हजार रुपैंयाँ हात पार्दा रबिना कँडेल दोस्रो र सन्तोष पौडेलले तेस्रो स्थान हासिल गर्दै ३० हजार र २० हजार रुपैया प्राप्त गरे ।
यसैगरी गजल प्रतियोगितामा प्रथम स्थान हासिल गरेर दैलेखका दिपिन सिजापतिले ५० हजार जिते । यसै अन्तर्गत दोस्रो पुरस्कारबापत अंकित आचार्यले ३० हजार र तेस्रो पुरस्कारबापत खिमानन्द जोशीले २० हजार रुपैंयाँ हात पारे ।
राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागद्वारा आयोजित युवा साहित्य सम्मेलनका संयोजक रहेका कुवेर अधिकारीले अबदेखी हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । राष्ट्रिय युवा संघको शिक्षा विभाग प्रमुख समेत रहेका अधिकारीले हरेक प्रदेशहरुमा पनि अबदेखी युवा साहित्य सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।
युवा साहित्य सम्मेलनमा देशभरका एक हजार दुई सय भन्दा बढीले युवाको सहभागिता थियो । कार्यक्रममा युवा बैज्ञानिक निश्चल बाँनिया र डा. प्रकाश महतलाई विशेष सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने