उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औँ खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्ससामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो ।
खेलमा गुजरातले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान शुभमन गिल र साई सुदर्शनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । टोली विशाल योगफलतर्फ अघि बढिरहँदा लगातार विकेट गुमाउन पुगेको थियो ।
गिल मात्र ३८ बलमा ६० रन जोड्दै क्याच आउट हुन पुगे । उनले ६ चौका र १ छक्का प्रहार गरे । १२० रनमा टोलीले पहिलो विकेट गुमाएको थियो । त्यसपछि भने गुजरातले लगातार विकेट गुमाउन थाल्यो ।
लगत्तै अर्को ओभरमा सुदर्शनले ३७ बलमा ५६ रन बनाएर आउट भए । उनले ७ चौका र १ छक्का हिर्काए । वासिङ्टन सुन्दरले स्कोरमा २ रन थपेर पभेलियन फर्किए ।
जोस बट्लर पनि लामो समय टिक्न सकेनन् । उनी १४ बलमा १६ रन जोडेर आउट हुन पुगे । उनले २ चौका प्रहार गरे । खेलको अन्त्यतरि सेरफाने रदरफोर्डले १९ बलमा २२ रन तथा शाहरुख खानले ६ बलमा ११ रन बनाए ।
लखनउका लागि सर्दुल ठाकुर र रवि विश्नोईले २–२ विकेट लिए । दीग्वेश राठी र अभेष खानको नाममा एक–एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण