उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औँ खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्ससामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो ।
खेलमा गुजरातले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान शुभमन गिल र साई सुदर्शनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । टोली विशाल योगफलतर्फ अघि बढिरहँदा लगातार विकेट गुमाउन पुगेको थियो ।
गिल मात्र ३८ बलमा ६० रन जोड्दै क्याच आउट हुन पुगे । उनले ६ चौका र १ छक्का प्रहार गरे । १२० रनमा टोलीले पहिलो विकेट गुमाएको थियो । त्यसपछि भने गुजरातले लगातार विकेट गुमाउन थाल्यो ।
लगत्तै अर्को ओभरमा सुदर्शनले ३७ बलमा ५६ रन बनाएर आउट भए । उनले ७ चौका र १ छक्का हिर्काए । वासिङ्टन सुन्दरले स्कोरमा २ रन थपेर पभेलियन फर्किए ।
जोस बट्लर पनि लामो समय टिक्न सकेनन् । उनी १४ बलमा १६ रन जोडेर आउट हुन पुगे । उनले २ चौका प्रहार गरे । खेलको अन्त्यतरि सेरफाने रदरफोर्डले १९ बलमा २२ रन तथा शाहरुख खानले ६ बलमा ११ रन बनाए ।
लखनउका लागि सर्दुल ठाकुर र रवि विश्नोईले २–२ विकेट लिए । दीग्वेश राठी र अभेष खानको नाममा एक–एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू