कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
पर्सा । पर्साको वीरगञ्जमा शनिबार भएको दुई समुदायबीचको दोहोरो झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गरेको छ । झडप उग्र भएपछि प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउण्ड हवाइ फायर समेत गरेको हो । झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपका क्रममा एसपी गौतम मिश्रसहित नेपाल प्रहरीका मात्रै १५ जना घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् । सर्वसाधारणतर्फ पनि केही घाइते भएको बताइएपनि यकिन विवरण आइसकेको छैन ।
यसरी झडप उग्र बनेसँगै स्थानीय प्रशासनले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण