कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
कटारी । विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ । तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो ।
चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताए । ‘स्थानीयले पनि चैतमा यत्रो पानी परेको थाहै थिएन भनेका छन्’, उनले भने, ‘अब यो सबै भत्काएर नयाँ बनाउनुपर्छ ।’
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले प्रारम्भिक अनुमानमा रु दुई करोडको क्षति भएको जानकारी दिए । उनका अनुसार खहरेखोलामा पानी नभएको अवस्थामा निर्माण व्यवसायीले खोला थुनी टेको लगाएर ढलान गरेका थिए । वर्षापछि खहरेखोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बजगाईंले उक्त थुनिएको पानी बग्ने बेला पुल भत्काएको उल्लेख गरे ।
स्थानीय नारायण कुमरले पुल निर्माणका क्रममा बाढी आउन सक्ने भएकाले ह्युमपाइप राख्नुपर्नेमा जोड दिए । ‘तीनवटा ह्युमपाइप राखेर काम गर्न यसअघि हामीले अनुरोध गरेका थियौँ तर निर्माण व्यवसायीले मान्नुभएन’, उनले भने ।
पुल भत्किनुमा गुणस्तरहिन काम भएको हुनसक्ने स्थानीयको गुनासो आएपछि इञ्जिनियरसहित अनुगमनमा पुग्नुभएका कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले खोला थुनिएकाले पानीको बहाव रोकिँदा बाढी आएर क्षति भएको पाइएको जानकारी दिए ।
बाढीले पुल भत्काएपछि हालसम्म बनेको संरचना भत्काएर अर्को निर्माण गर्नुपर्ने मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाको कार्यालयका प्रमुख पशुपति ज्ञवलीले बताए । ‘यहाँ राखिएका तार २८ दिनपछि तन्काउनु पर्ने थियो, तर बाढीले १८ दिनमा क्षति पुर्याएको छ । अब सबै संरचना भत्काएर पुनः काम थाल्नुपर्छ’, उनले भने ।
पुल भत्काएर पुनःनिर्माण गर्दा एकवर्ष ढिला हुने निर्माण व्यवसायी श्रेष्ठले बताए । ‘भत्काउन पनि समय लाग्छ, मुचुल्का गरेर बिमा दाबी गर्नुपर्छ । वर्षामा काम गर्न समस्या हुन्छ । यसले गर्दा निर्माण तालिका करिब एक वर्ष लम्बिने अनुमान गरेका छौँ ।’
पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर जम्मा भएको पानीले टेका बगाउँदा निर्मित संरचना भाँचिएको थियो । निर्माण कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७९ असार २९ गते उक्त खण्डअन्तर्गत पर्ने चारवटा पुल रु २८ करोड ९९ लाख ५२ हजारमा जिम्मा लिएको थियो । उक्त खण्डअन्तर्गत सिमानपुर, खोक्सा, गिद्धाबर र ताराघारीमा पुल बनाउने जिम्मा प्रालिले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण