फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
हेटौँडा । काठमाडौँ तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठगी गरेको आरोप लगाइको छ । फास्ट ट्र्याकमा निर्माण सामग्री सप्लाई गरे बापतको भुक्तानी नदिएर ठगी गरेको आरोप लगाएको हो ।
ठगी गरेको भन्दै चिनियाँ कम्पनी चाइना स्टेटलाई कारबाही गर्न माग गरिएको छ । ठेकेदार कम्पनीले आयोजनाका लागि सप्लाई गरेको सामाग्रीको भुक्तानी नपाएको भन्दै सप्लायरले कारबाहीको माग गरेको हो ।
हेटौँडामा शनिबार पत्रकार सम्मेलन गर्दै सप्लायर कम्पनीहरू नेपाल मेसिनरी एक्जिम कम्पनी, नेपाल फास्ट ट्र्याक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज कम्पनीले सामाग्री सप्लाई गरे बापतको ७ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको भन्दै ब्याज हर्जानासहित भुक्तानी पाउनुपर्ने उनीहरूले दावी गरेका छन् । कम्पनीले आयोजनाको लागि फलामजन्य सामग्री वितरण गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक मुकेश सरावगीले बताए ।
उनले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बारम्बार बहाना बनाई विभिन्न समस्या देखाउँदै लिखित आश्वासनलाई समेत अटेर गरेको बताए । चिनियाँ कम्पनीको सम्पूर्ण क्रियाकलाप ठग्ने र धोखा दिने नियतले प्रेरित भएको उनको दाबी छ ।
ठेकेदार कम्पनीले नेपाल सरकारको सडक आयोजनाको नाममा नेपाली व्यापारीहरूलाई गलत आश्वासन दिई करोडौँ ठगी गरी भाग्न सक्ने सम्भावना रहेको भन्दै उनले उक्त ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न समेत माग गरेका छन् । प्रबन्धक सरावगीका अनुसार चिनियाँ कम्पनीले मेसिनरी एक्जिम कम्पनीलाई ५१ लाख १९ हजार ७२७ रुपैयाँ, फास्ट ट्र्याक इन्फ्रा कन्सनलाई २ करोड ४६ लाख र मेसिनरी इन्टरप्राइजेज कम्पनीलाई ३ करोड ४१ लाख ३७ हजार रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण