आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्सलाई हराएको छ । यो सँगै हैदरावादले हार श्रृंखलामा ब्रेक लगाएको छ । शनिबार भएको खेलमा हैदराबादले पञ्जाबलाई आठ विकेटले हरायो ।
यो जितसँगै हैदरावादले लगातारको हार यात्रामा ब्रेक लगाएको हो । हैदरावादले लगातार चार हार व्यहोर्नु परेको थियो । ६ खेलमा जम्मा दुई खेल जितेको हैदरावादले जितको खडेरी तोडेको हो ।
पञ्जाबको भने यो दोस्रो हार हो । पाँच खेल खेलेको पञ्जाबको ६ अंक छ । राजीव गान्धी इन्टरनेशनल स्टेडियममा पञ्जाबले २४६ रनको चुनौति पेश गरेकामा जवाफी ब्याटिङमा हैदराबादले १८ ओभर ३ बल खेलेर दुई विकेट गुमाउँदै २४७ रन बनायो । दराबादलाई जिताउन ओपनर अभिषेक शर्माले कीर्तिमानी पाली खेले । उनले सर्वाधिक १४१ रन बनाए ।
५५ बल खर्चिएर उनले १४ चौका र १० छक्काको मद्दतले कीर्तिमानी स्कोर बनाए । आईपीएलमा कुनै पनि भारतीय ब्याट्सम्यानले बनाएको यो नै उच्च स्कोर हो । यसखेलअघि विकेटकिपर ब्याट्सम्यान केएल राहुलले सेप्टेम्बर २०२० मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पञ्जाबकातर्फबाट रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध अविजित १३२ रन बनाएको रेकर्ड छ ।
यस्तै, अर्का सुरुवाती व्याटर ट्राभिस हेडले ३७ बलमा नौ चौका र तीन छक्का प्रहार गर्दै ६६ रन बनाए । यी दुईबीच पहिलो विकेटका लागि १७१ रनको विशाल साझेदारी भएको थियो । हेडलाइ अर्शदीप सिंहले क्याच गराए ।
यस्तै, हेनरिक क्लासेन २१ र इशन किशन नौ रनमा अविजित रहे । पञ्जाबकाका लागि अर्शदीप र युजवेन्द्र चहलले समान एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो । पञ्जाबका श्रेयसले सर्वाधिक ८२ रन जोडे । ३६ बल अर्चिएका उनले समान ६ चौका र छक्का प्रहार गर्दै उच्च स्कोर बनाए । प्रभसिमरन सिंहले २३ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे ।
प्रियांश आर्य ३६ र नेहल वधेरा २७ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३४ बलमा अविजित रहे । बलिङतर्फ हैदराबादका हर्षल पटेलले एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४२ रन खर्चिएर चार विकेट लिएका हुन् । यस्तै, इशान मलिंगाले दुई विकेट चट्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण