बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’
मुम्बई । बलिउड अभिनेता सनी देओलको नयाँ चलचित्र ‘जाट’ हाल सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रले सबैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सनीले यस चलचित्रमार्फत पहिलोपटक दक्षिण भारतका कुनै निर्देशकसँग काम गरेका हुन् ।
यस चलचित्रमा उनको भूमिकालाई दर्शकहरूले मन पराइरहेका छन् । उनका फ्यानहरू ट्रयाक्टरमा चढेर फिल्म हल पुग्दै यो एक्सनले भरिपूर्ण चलचित्रको मजा लिइरहेका छन् ।
चलचित्रले पहिलो दिन नै बक्स अफिसमा ११.६ करोड भारतीय रुपैयाँ कमाएको थियो । यो सनीको करियरको दोस्रो ठुलो ओपनिङ थियो । दोस्रो दिन भने चलचित्रको आम्दानीमा कमी देखियो । योसँगै चलचित्रले दुई दिनमा कूल २०.१ करोड कमायो । तर, सप्ताहको अन्त्यमा चलचित्रको कमाइमा वृद्धि हुने देखिएको छ ।
साकनिल्कको रिपोर्टअनुसार चलचित्रले तेस्रो दिन शनिबार १० करोड रुपैयाँ कमाएको छ । योसँगै चलचित्रको कूल आम्दानी ३०.१ करोड पुगेको छ । यद्यपि, यो अन्तिम आँकडा भने होइन ।
रिपोर्टका अनुसार तेस्रो दिन चलचित्रको कमाइ ३९.८४ प्रतिशतले वृद्धि भएको छ । यो चलचित्रको क्रेज उत्तर भारतमा भन्दा दक्षिण भारतमा बढी देखिएको छ । –आजतकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण