राष्ट्र बैंकले आज ३० अर्ब झिक्दै
आइतबार, ३१ चैत २०८१, १४ : ३६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंकमा जम्मा भएकको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम निक्षप बढी भएपछि उक्त निक्षेप संकलनका लागि आह्वान गरेको हो ।
उक्त निक्षेप आज दिउँसो तीन बजे अनलाईन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुने जनाएको छ । उक्त निक्षप बोल गर्नका लागि क,खर ग वर्गका बैक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।
साथै घटिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल निक्षेप रकम आह्वान गर्न सकिनेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण