ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
काठमाडौं । एशिया प्रवास समन्वय समितिका इन्चार्ज ओम शर्माले अब कसैको कुल्ली बनेर नभई जनताको अवस्था फेर्ने अभियानमा लाग्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन् । आइतबार भारत नेपाली एकता मञ्चको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले अब कसैको कुल्ली बनेर नभई जनताको अवस्था फेर्न अभियानमा लाग्न आह्वान गरे । सबैलाई संगठित गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
जनताको अवस्था फेर्ने अभियानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै इन्चार्ज शर्माले गणतन्त्रको पक्षमा हुँकार छोड्न समेत आग्रह गरे । साथै उनले प्रवासमा रहेका नेपालीहरु ढुक्क भएर काम गर्न आग्रह समेत गरे ।
उनले नेकपा माओवादी केन्द्र जनतातर्फ फर्किसकेको समेत बताए । सबैलाई संगठित गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट जस्ता व्यक्तिहरुलाई प्रवासीहरुले नै बनाएको समेत उनले बताए ।
प्रचण्डको नेतृत्वमा लामबद्ध हुन उनले आह्वान समेत गरे । उनले कार्यक्रम भव्य सफलताको कामना समेत गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण