ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
काठमाडौँ । ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा नेपाल मानव रहित विमान (ड्रोन) सङ्घले ध्यानाकर्षण गराएको छ ।
आइतबार सङ्घका महासचिव प्रविन भट्टराई र अन्य सदस्यहरूको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पहिला भ्याट सहित एक हजार पन्ध्र रुपैयाँ शुल्क राखिएको थियो । अहिले एकै पटक सात हजार रुपैयाँ शुल्क तोकिएको छ ।
‘ड्रोन दर्ता शुल्कमा करिब ४ सय गुणा वृद्धि गरिएकोमा सङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्तो महत्त्वपूर्ण नीति गत निर्णय लिँदा सरोकारवाला निकायहरूलाई कुनै जानकारी नै नगराई, परामर्श नगरी मूल्य वृद्धि गर्नु खेदजनक छ ।’
आइतबार सङ्घले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, शुल्क वृद्धिको कारण, प्रक्रिया तथा उद्देश्यबारे स्पष्ट जानकारी पाउन चाहन्छौँ । यो विषयमा प्रत्यक्ष छलफल गर्नका लागि मन्त्रालयसँगको बैठकको माग गर्दछौँ ।’
ड्रोन प्रविधिले पर्यटन प्रवर्द्धन, संस्कृति अभिलेखीकरण, विपद् व्यवस्थापन, अनुसन्धान र अन्य थुप्रै विकासमुखी कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेको महासचिव प्रविन भट्टराईले बताए ।
बिना मानवयुक्त विमान सङ्घ नेपाल (अन्म्यान्ड् एयरक्राफ्ट एशोसियसन नेपाल) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, भारी शुल्क वृद्धिले यस क्षेत्रमा कार्यरत नेपाली स्टार्टअप, अनुसन्धानकर्ता, सृजनशील युवा र व्यवसायीहरूलाई निरुत्साहित पारेको छ ।
साथै सङ्घले सहकार्य गर्न आफू तयार रहेको बताउँदै सकारात्मक समाधानका आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण