शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा

सोमबार, ०१ वैशाख २०८२, ०२ : ०५
सोमबार, ०१ वैशाख २०८२

काठमाडौं । म्यान्चेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड लागातार तेस्रो पटक एफए कप वुमेन्सको फाइनलमा पुगेको छ । सिटीका लागि भने यो नराम्रो झट्का मानिएको छ । जोई स्टेडियममा भएको सेमिफाइनलमा सिटी युनाइटेडसँग २-० ले हारेको हो । 

यो सिजन सिल्भरवेयर जित्ने आशा सिटीका लागि निराशामा परिणत भएको छ । चोटका कारण कयौं नाम चलेका खेलाडीविनैै सिटी मैदान उत्रिएको थियो । ब्रजिलियन अग्रपंक्ति केरोलिनको प्रयासले सिटी खेलमा पुनरागमनका लागि संघर्षरत रहे पनि सफल हुन सकेन । 

युनाइटेडका लागि भने यो उल्लेखनीय उपलब्धि हो । कारण उसले एफए कप ट्रफीका लागि बेम्लीमा लगातार तेस्रो पटक पाइला टेक्ने अवसर पाएको छ । र, युनाइटेड अघिल्लो सिजन च्याम्पियन्स लिग क्वालिफिकेशनमा स्थान पक्का गर्ने मुडमा छ । उपाधिका लागि युनाइटेडको फाइनल भिडन्त मे १८ मा चेल्सीसँग हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप