नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
नेपालमा मात्र होइन विश्वभर जुनसुकै देशमा पनि बृहत् राष्ट्रिय खेलकुदलाई विशेष महत्वका साथ हेरिन्छ । खेलकुदका प्रतिभा खोजी गर्ने र पूर्वाधार विकासमा फड्को मार्ने यो उपयुक्त अवसर हो । तर हाम्रो देशमा राष्ट्रिय खेलकुदलाई महत्त्व दिएको पाइँदैन ।
नेपालमा खेलकुदमा दीर्घकालीन योजनाको अभाव नै यसको मुख्य कारण हो । हामीसँग खेलकुदलाई चलायमान बनाउने दीर्घकालीन योजनाको अभाव छ । मेरो विचारमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई राष्ट्रिय योजना आयोगको योजनामा समावेश गरेर अगाडि बढ्नुपर्छ ।
यसो भएमा राष्ट्रिय खेलकुदले निर्धारित समयमै निरन्तरता पाउँछ । नियमित रूपमा आवश्यक बजेट पनि विनियोजन हुन्छ । तर यसतर्फ कसैको ध्यान गएको छैन । नेपाली खेलकुदमा सही मान्छे सही जिम्मेवारीमा छैनन् । त्यसैले पनि यसतर्फ ध्यान नगएको हुन सक्छ ।
नेपाली खेलकुदमा चरम राजनीतिक हस्तक्षेप छ । राजनीतिक दलका कार्यकर्ता पदीय जिम्मेवारी लिएर आउँछन्, तर उनीहरूसँग खेलकुद विकासको स्पष्ट योजना हुँदैन । असम्बद्ध व्यक्तिहरूको चलखेल बढ्दा खेलकुदमा ‘योगदान दिनेभन्दा पनि लिने प्रवृत्ति’ हाबी भएको पाइन्छ । आफ्नो स्वार्थका लागि खेलकुदलाई प्रयोग गर्ने परम्परा बढ्दो छ ।
खेलकुदको विकास गर्ने हो भने खेलकुद बुझेकै व्यक्ति चाहिन्छ । राष्ट्रिय खेलकुदजस्ता प्रतियोगितासँग लाखौँ खेलाडीको भविष्य जोडिएको हुन्छ । खेलाडीले यसका लागि निकै लामो तयारी गरेका हुन्छन् । प्रतियोगिता नियमित समयमा नहुँदा खेलाडीमा निराशा बढ्छ । प्रतिभावान् खेलाडीहरू बिस्तारै खेलकुद क्षेत्रबाट पलायन हुँदै जान्छन् ।
हाम्रो देशमा खेलकुद भनेको खेलाडी वा प्रशिक्षकसँग जोडिएको विषयमात्र हो भन्ने बुझाइ छ । यो सरासर गलत हो । खेलकुद भनेको संस्कृति हो ।
सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने परम्परा छ । खेलकुदमा गरेको लगानीलाई ‘बालुवामा पानी’ भनेर बुझ्ने गरिन्छ । यो गलत बुझाइ हो । पछिल्लो समय नेपाली खेलकुदको दायरा पनि फराकिलो बन्दै गएको छ । खेलकुद क्षेत्र रोजगारी र आय–आर्जनको गतिलो माध्यम पनि हो । विश्व अर्थतन्त्रको निकै ठुलो हिस्सा खेलकुद अर्थतन्त्रले ओगटेको तथ्य हामीले भुल्नु हुँदैन ।
अर्कोतिर, अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले जितेको पदकलाई पैसासँग तुलना गर्न मिल्दैन । यो देशको प्रतिष्ठासँग जोडिएको विषय हो । यो भावनासँग जोडिएको विषय हो । खेलकुद भनेको राष्ट्रिय एकताको प्रतीक पनि हो ।
देशमा कोरिएका जातीय, धार्मिक र भौगोलिक विभाजनका रेखालाई पुर्ने अभियान पनि खेलकुदकै माध्यमबाट चलाउन सकिन्छ । यसका लागि दूरगामी सोच भएको नेतृत्व चाहिन्छ । खेलकुदले दक्ष र अनुशासित नागरिक उत्पादन गर्न पनि ठुलो भूमिका निर्वाह गरेको हुन्छ । युवालाई कुलतमा फस्नबाट जोगाउने काम गर्छ । यी सब कुराहरूको तुलना पैसासँग हुन सक्दैन ।
हाम्रो देशमा खेलकुद भनेको खेलाडी वा प्रशिक्षकसँग जोडिएको विषयमात्र हो भन्ने बुझाइ छ । यो सरासर गलत हो । खेलकुद भनेको संस्कृति हो । यो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशका हरेक नागरिकसँग जोडिएको हुन्छ । त्यसैले देशमा खेलकुद संस्कृतिको विकास गर्नु आवश्यक छ । यसका लागि सबैभन्दा पहिले हाम्रो सोचमा परिवर्तन आउनु आवश्यक छ ।
नियमित रूपमा राष्ट्रिय खेलकुद आयोजना हुन नसक्नुको अर्को कारण भौतिक पूर्वाधारको अभाव पनि हो । हामी राष्ट्रिय खेलकुद नजिक आएपछि मात्र पूर्वाधार निर्माणमा ध्यान दिन्छौँ । त्यसैले पूर्वाधारको अभावमा पनि पटक–पटक प्रतियोगिता सरिरहन्छ । खेलकुद पूर्वाधारको विकास निरन्तर रूपमा भइरहनुपर्छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा अन्तर्राष्ट्रिय खेल तालिकालाई पनि ध्यान दिनुपर्छ । जुनसुकै समयमा आयोजना गरेर हुँदैन । राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने हो । त्यसैले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, ओलम्पिक खेलकुदजस्ता प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्छ ।
राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगिताको बिचमा लामो अन्तर भएमा प्रतिभाशाली खेलाडीहरू पलायन हुन सक्छन् । खेलाडीमा निराशा बढ्न सक्छ । जेठमा १०औँ राष्ट्रिय खेलकुद हुने भनिएको छ तर, अहिलेसम्म छनोट प्रतियोगितासम्म आयोजना हुन सकेको छैन । यो बेथिति नै हो ।
गुप्त तालिम तथा प्रशिक्षण विभाग, राखेपका पूर्वनिर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण