बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी

मङ्गलबार, ०२ वैशाख २०८२, ०५ : ४७
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडले शानदार जित निकालेको छ । आइतबार राती घरेलु मैदानमा एटलेटिकोले रियाल भाडाडोलिडलाई ४-२ गोल अन्तरले हराएको हो । 
पाहुना टोलीले लिएको सुरुवाती अग्रतालाई उल्ट्याउँदै घरेलु टोलीले महत्वपूर्ण तीन अंक बटुल्यो । एटलेटिकोलाई जिताउन जूलियन अल्भारेजले दुई गोल गरे भने गिउलिआनो सिमोन र अलेक्जेन्डर सोर्लोथले एक–एक गोल गरे । पाहुना टोली भालाडोलिडका लागि २१ औं मिनेटमा मामादो सिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने जाभी सान्चेजले एक गोल फर्काएका थिए । 

यो जितसँगै एटलेटिकोले अंक तालिकामा झण्डै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक बराबर गर्ने सम्भावना बढाएको छ । समान खेलबाट एटलेटिकोको ६३ अंक हुँदा रियाल मड्रिडको ६६ अंक छ । शीर्ष स्थानको बार्सिलोनाको भने ७० अंक छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप