स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी
मङ्गलबार, ०२ वैशाख २०८२, ०५ : ४७
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडले शानदार जित निकालेको छ । आइतबार राती घरेलु मैदानमा एटलेटिकोले रियाल भाडाडोलिडलाई ४-२ गोल अन्तरले हराएको हो ।
पाहुना टोलीले लिएको सुरुवाती अग्रतालाई उल्ट्याउँदै घरेलु टोलीले महत्वपूर्ण तीन अंक बटुल्यो । एटलेटिकोलाई जिताउन जूलियन अल्भारेजले दुई गोल गरे भने गिउलिआनो सिमोन र अलेक्जेन्डर सोर्लोथले एक–एक गोल गरे । पाहुना टोली भालाडोलिडका लागि २१ औं मिनेटमा मामादो सिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने जाभी सान्चेजले एक गोल फर्काएका थिए ।
यो जितसँगै एटलेटिकोले अंक तालिकामा झण्डै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक बराबर गर्ने सम्भावना बढाएको छ । समान खेलबाट एटलेटिकोको ६३ अंक हुँदा रियाल मड्रिडको ६६ अंक छ । शीर्ष स्थानको बार्सिलोनाको भने ७० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण