माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
मङ्गलबार, ०२ वैशाख २०८२, ०८ : ०५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित 'जनतासँग माओवादी तराई–मधेस जागरण अभियान' जारी छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी अभियान हाल नवलपरासीमा केन्द्रित छ ।
अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको छ । सो क्रममा प्रचण्डले गैँडाकोटको संगम लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् ।
पूर्व उपराष्ट्रपति तथा माओवादी उपाध्यक्ष नन्दकिशोर पुन पासाङ पनि यो अभियानमा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा