ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा

काठमाडौँ । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । यो १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।
यसको मूल्य २ लाख ३४ कारेड ९९९ रुपैयाँ रहेको छ । यो टाइटटेनिएम सिल्भरब्लु र टाइटटेनिएम ग्रे रङमा उपलब्ध छ । यो नयाँ भेरियन्त वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ।
सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ०% ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ । यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ ।
साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान