शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
काठमाडौं । संसद्को शिक्षा समिति अन्तर्गत बनेको उपसमिति बैठकमा विद्यालय शिक्षा विधेयकमा छलफल जारी छ । निरन्तर छलफल गर्दै आएको उपसमितिको बैठक आज विधेयकका दफा १६० र १६१ मा छलफल भएको छ ।
मंगलबार दुई दफामा छलफल भएपनि सहमति हुन नसकेको समिति सचिव दशरथ धमलाले बताए । दफा १६० मा राष्ट्रिय मापदण्ड बनाउने विषय छ । जसमा ऐनमा भएको व्यवस्थाको कार्यान्वयनको लागि सरकारले विभिन्न विषयमा राष्ट्रिय मापदण्ड बनाउने भन्ने छ ।
जसमा विद्यालयको अनुमति, स्थापना र सञ्चालन, विद्यालयको स्थानान्तरण, गाभ्ने, तह घटाउने, बन्द गर्ने नाम परिर्वतन गर्ने, विद्यालयको नक्साङ्कन तथा भौतिक पूर्वाधार लगायतका १२ वटा बुँदा छन् ।
त्यस्तै दफा १६२ मा नियम बनाउने अधिकारको व्यवस्था छ । ऐनको उद्देश्य कार्यान्वयनका लागि सरकारले आवश्यक नियम बनाउन सक्ने व्यवस्था छ ।
जसमा विद्यालय संस्थापना र कथा थप गर्न अनुमति दिने, शैक्षिक गुठीको विधान दर्ता तथा सार्वजनिक शैक्षिक गुठीको रुपान्तरण, सार्वजनिक विद्यालय कोषको सञ्चालन तथा लेखा परीक्षण लगायतका २२ वटा बुँदा छन् ।
धेरै बुँदा भएकाले छलफल गर्दैजाँदा सहमति पुग्न नसकिएको धमलाले बताए । उपसमितिको अर्को बैठक भोलीका लागि बोलाइएको छ । अहिलेसम्म उपसमितिमा ९१ दफामा सहमति जुटेको छ ।
आज थप २ दफामा छलफल भएको छ । तर, सहमति जुट्न भने बाँकी छ । १६३ दफा रहेको विधेयकका अब ७२ दफामा छलफल तथा सहमति जुट्न बाँकी रहेको उपसमितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण