धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलममसी धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताएका छन् ।
मंगलबार चाँगुनारायण नगरपालिकाको कलममसीमा शुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा बोल्दै उनले कलममसी क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन् ।
अहिले नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको भन्दै महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास पनि सिंहले व्यक्त गरे ।
१ सय ८ फिटको शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ कलममसीमा आजबाट शिवपुराण महायज्ञ शुरु भएको छ ।
करिब ७ वर्षअगाडी आफैले शिलान्यास गरेको सो स्थानमा भइरहेको महायज्ञमा सहभागि हुन पाउँदा खुशी व्यक्त गर्दै सिंहले लक्ष्यअनसार काम सम्पन्न गर्न आफूले सकेको सहयोग गर्ने पनि बताए ।
‘यो ठाउँ पनि ऐतिहासिक छ । अत्यन्त राम्रो स्थान पनि भएकाले ज्ञान प्राप्त गर्न र ध्यानका लागि उचित थलो हो ,’ उनले भने,‘ १०८ फिटको शिवजीको प्रतिमा त बन्छ नै । काठमाडौंमा आउने पर्यटकलाई मन भुलाउन सक्ने । ध्यान गर्न सक्ने थलोका रूपमा यसलाई विकसित गर्नुपर्छ । तीनै तहको सरकार र भक्तजन मिलेर यो कार्यलाई फत्ते गर्न लाग्नुपर्छ ।’ उहाँले काठमाडौं आउने पर्यटकका लागि ध्यान गर्नका लागि कलममसीमा बन्दै गरेको मन्दिर र पार्क राम्रो गन्तव्य बन्नसक्ने बताए ।
आज (मंगलबार) बाट शुरु भएको शिव पुराण ज्ञान महायज्ञ १३ दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण