तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश (साबिक प्रदेश नम्बर ५) का भूमि व्यवस्था कृषि तथा सहकारीसचिव बैकुण्ठ अधिकारीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारले अधिकारीले कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनको लागि सम्झौता पत्रमा उल्लेख भए बमोजिम मिनिटिलर खरिद नगरी कम गुणस्तरको खरिद गरी सन्धिखर्क अर्घाखाँचीलाई वितरण गरेको भन्दै विशेषमा आरोपपत्र दायर गरेको थियो ।
यस्तै कृषि विकास कार्यक्रमतर्फ रोल्पा, प्यूठान, गुल्मी, पाल्पा लगायतका जिल्लाहरुमा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनको लागि सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन नगरी सम्झौता बमोजिम गुणस्तर र ब्राण्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्राण्डको मिनिटिलर बापत आपूर्तिकर्तालाई भुक्तानी गरेको भन्दै उनीविरुद्ध अख्तियारले दोस्रो आरोपपत्र पनि दायर गरेको थियो ।
पहिलो मुद्दामा ४३ लाख ३७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप रहेकोमा विशेषले गत चैत १९ गते सफाइ दिएको थियो । यस्तै दोस्रो मुद्दामा १ करोड ३१ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर भएकोमा विशेषले २०८० वैशाख ३१ गते आंशिक सफाइ दिएको थियो ।
विशेषका दुवै फैसला चित्त नबुझेको भन्दै अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन गर्दै आरोपपत्र दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण