फेरि अशान्त बन्यो वीरगञ्ज
मङ्गलबार, ०२ वैशाख २०८२, २० : ४६

वीरगञ्ज । वीरगञ्ज फेरि तनावग्रस्त बनेको छ ।
आफ्नो समुदायका दुई जनालाई पक्राउ गरेपछि वीरगञ्जमा प्रदर्शन चर्किएको हो । पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई आज पक्राउ गरेपछि वीरगञ्ज फेरि अशान्त बनेको हो । आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले आज मंगलबार टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराउँदै हिँडेका थिए । प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरीले आज दुवै समुदायबाट २/२ जनालाई पक्राउ गरेको थियो ।
यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै र वीरगञ्जमा कर्फ्यु लगाएको थियो । वीरगञ्जमा निषेधाज्ञा जारी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी