चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
वासिङ्टन डीसी । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै २४५ प्रतिशत ट्यारिफ लगाएको छ । अमेरिका विरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्नेछ भनेर ह्वाइट हाउसको तर्फबाट जारी गरिएको एक दस्ताबेजमा भनिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित खनिज र त्यसबाट बनेका उत्पादनहरूमा अमेरिकाको निर्भरताले निम्त्याउने राष्ट्रिय सुरक्षा जोखिमहरूको अनुसन्धान गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि यो जानकारी प्रकाशमा आएको हो ।
उक्त दस्तावेजमा ‘विदेशी महत्त्वपूर्ण खनिजहरूमा अत्यधिक निर्भरता र तिनीहरूका निम्नस्तरका उत्पादनहरूले अमेरिकी रक्षा क्षमता, पूर्वाधार विकास र प्राविधिक नवप्रवर्तनलाई खतरामा पार्न सक्छ’ भन्ने ट्रम्पको दाबीलाई उद्धृत गरिएको छ । ट्रम्पले सबै देशहरूमा १० प्रतिशत भन्सार लगाएको र अमेरिकाको सबैभन्दा ठुलो व्यापार घाटा भएका देशहरूमा पारस्परिक रूपमा उच्च भन्सार लगाएको पनि यसमा भनिएको छ ।
७५ भन्दा बढी देशहरूले नयाँ व्यापार सम्झौताहरूमा छलफल गर्न पहिले नै सम्पर्क गरिसकेको र फलस्वरूप छलफल जारी रहँदासम्म व्यक्तिगत रूपमा उच्च भन्सार शुल्कहरू स्थगित गरिएको ह्वाइट हाउसले बताएको छ । यद्यपि, चीनले बदला लिएको छ र प्रतिशोधात्मक कारबाहीको परिणामस्वरूप अमेरिकामा आयात हुने चिनियाँ सामानमा २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्न बताइएको छ ।
चीनले केही महिनाअघि अमेरिकामा सैन्य प्रयोगको सम्भावना भएका ग्यालियम, जर्मेनियम, एन्टिमोनी र अन्य प्रमुख उच्च–प्रविधि सामग्रीहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसहप्ता उसले फेरि ६ वटा निकै दुर्लभ धातुका साथै दुर्लभ चुम्बकहरूको निर्यात रोकेको पनि दस्ताबेजमा उल्लेख गरिएको छ ।
यो कार्य विश्वभरका अटोमेकर, एयरोस्पेस निर्माताहरू, स्वचालित प्रविधि निर्माता कम्पनी र सैन्य ठेकेदारहरूलाई महत्त्वपूर्ण कम्पोनेन्टको आपूर्ति रोक्न लक्षित भएको ह्वाइट हाउसको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण