कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
बुधबार, ०३ वैशाख २०८२, १५ : ४५
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा प्रणालीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताएका छन् ।
बुधबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै भण्डारीले ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दा पनि सोही अनुरुप शिक्षामा बढोत्तरी परिवर्तन हुन नसकेको बताए ।
उनले अब शिक्षा प्रणालीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।
आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा नै अहिले चौतर्फी वितृष्णा जागेको उनको भनाइ छ ।
‘विद्यार्थी भर्ना अभियानको समयमा शिक्षक हरु आन्दोलनमा छन्,’ उनले भने, ‘संघीय सरकारले जायज मागलाई सम्बोधन गरी शिक्षकलाई आन्दोलनबाट फर्काउन आग्रह गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण