अस्पतालको आईसीयूमा रहेकी एयरहोस्टेसमाथि यौन दुर्व्यवहार
काठमाडौँ । भारतको हरियाणा राज्यस्थित गुरुग्राममा एक एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार भएको छ । भारतकै निकै चर्चित अस्पतालमा गनिने ‘मेदान्ता’मा उक्त घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालकै एक कर्मचारीले आईसीयूमा रहेकी ती महिलालाई यौन दुर्व्यवहार गरेका हुन् । सार्वजनिक भएको घटना विवरण अनुसार एयरहोस्टेस एक महिना लामो प्रशिक्षणका क्रममा गुरुग्राम आएकी थिइन् । तालिमकै क्रममा उनी पौडी खेल्दै गर्दा डुबेकी थिइन् ।
त्यसपछि उद्धार गरी उनलाई मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । ५ अप्रिलका दिन उनी सो अस्पतालको दोस्रो तलामा रहेको आईसीयूमा थिइन् । सोही क्रममा अस्पतालका एक पुरुष कर्मचारी उनको हातमा ‘ब्यान्ड’को साइज नाप्ने बहानामा आएर यौन दुर्व्यवहार गरेको बताइएको छ ।
मुखमा नली लगाइएका कारण पीडित महिला बोल्न नसके पनि टाउको हल्लाएर प्रतिवाद गर्न खोजेपछि ती कर्मचारी भागेको पीडित पक्षको भनाइ छ । आईसीयूमा दुई जना नर्स रहे पनि उनीहरूले बेवास्ता गरेको पीडित महिलाले जनाएकी छन् ।
उपचारपछि निको भएर ती महिला आफू बसेको रुममा फर्किइन् र पतिलाई उक्त घटनाबारे बताइन् । दम्पतीकै सहमतिमा उक्त घटनाबारे प्रहरीमा उजुरी गरिएको छ । त्यसलगत्तै प्रहरीले पीडितको मेडिकल टेस्ट गराउनका साथै मंगलबार सरकारी वकिलको कार्यालयमा बयानसमेत गराएको छ । प्रहरीले अस्पतालको सीसीटीभी फुटेज निकालेर अनुसन्धान थालेको छ ।
अस्पताल प्रशासनले घटनाको अनुसन्धानमा प्रहरीलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा घटना भएको भनिएको समयको सीसीटीभी फुटेज र विभिन्न दस्तावेज प्रहरीलाई उपलब्ध गराइएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण