सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताएका छन् ।
दिशानिर्देश प्रेस क्लबद्वारा बुधबार आयोजित कार्यक्रममा उनले सबै वर्ग, क्षेत्र र समुदायका माग सम्बोधन गर्नका लागि पनि संविधान संशोधनको आवश्यकता औँल्याए ।
उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उनले तत्कालीन समयमा संविधान हतारमा प्रकाशन गरिएको जिकिर समेत गरे ।
“प्रमुख दलहरुले नै संविधान संशोधन गर्ने एजेण्डा बनाइरहनुभएको छ”, पूर्वउपराष्ट्रपति झाले भने, “संविधान जनताको मागअनुसार संशोधन गरेर अघि बढनुपर्छ । त्यसमा सबैको कल्याण छ ।”
सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र, निष्पक्ष र जीवन्त पत्रकारिता अपरिहार्य भएको बताए।
राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिले पुनः राजनीतिक भूमिकामा फर्किनु शोभनीय नहुने धारणा राखे ।
वरिष्ठ पत्रकार हरिहर विरहीले नागरिक सर्वोच्चता कायम राख्न आमसञ्चारको भूमिकाबारे आफ्ना धारणा राखे । उनले राजतन्त्र फर्किन सम्भव नभएको राय व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण