गर्मीमा बढ्यो खरबुजाको माग
बुधबार, ०३ वैशाख २०८२, १८ : ३९
काठमाडौँ । गर्मी बढेसँगै बजारमा खरबुजाको माग बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय खरबुजाको माग ह्वात्तै बढेको हो ।
गत महिना चैत्र ३ गते बजारमा २ हजार किलो खरबुजा आपूर्ति भएको थियो । यो महिना वैशाख २ गते ११ हजार किलो खरबुजा आपूर्ति भएको समितिको तथ्यांकमा उल्लेख छ । अहिले बजारमा ६० देखि ७० रुपैयाँ प्रतिकिलो खरबुजाको मूल्य छ ।
खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ, जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । यस्तै खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ, जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ ।
खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम समेत गर्छ । खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण