गर्मीमा बढ्यो खरबुजाको माग
बुधबार, ०३ वैशाख २०८२, १८ : ३९

काठमाडौँ । गर्मी बढेसँगै बजारमा खरबुजाको माग बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय खरबुजाको माग ह्वात्तै बढेको हो ।
गत महिना चैत्र ३ गते बजारमा २ हजार किलो खरबुजा आपूर्ति भएको थियो । यो महिना वैशाख २ गते ११ हजार किलो खरबुजा आपूर्ति भएको समितिको तथ्यांकमा उल्लेख छ । अहिले बजारमा ६० देखि ७० रुपैयाँ प्रतिकिलो खरबुजाको मूल्य छ ।
खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ, जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । यस्तै खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ, जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ ।
खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम समेत गर्छ । खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री
-
महिलाहरूले ताने रातो मच्छिन्द्रनाथको रथ
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत