वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
काठमाडौँ । जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् । पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबिच द्वन्द्व भइरहेकाले उनले आज सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरूमा अपिल गरेका हुन् ।
ऐतिहासिक क्रान्तिको सहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
यसैगरी मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलीजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रही आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारी लाई आपसी संवादको माध्यम बाट समाधान गर्ने गरिएको विगत रहेको बताएका छन् ।
वीरगञ्ज सबैको साझा फूलबारी भएको र यहाँ शान्ति, सद्भाव एवं मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको बताए । हाल केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पुर्याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुन बमोजिम काम गरिरहनु पर्ने एवं आफ्नो प्यारो सहरमा तनाव टुसाएको समयदेखि नै आफू व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।
‘विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगञ्ज क्षेत्रका सबै नागरिकहरूसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपिल गर्दछु । स्थानीय प्रशासनले दोषीको पहिचान गरि कानुनी कारबाही अगाडी बढाउनु पर्छ । शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो हल्ला र प्रचारबाजीभन्दा नेपथ्यबाट गम्भीर प्रयास गरिनु पर्छ भन्ने मेरो मान्यता हो । म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ,’ सामाजिक सञ्जालमार्फत उनले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण