अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान

रोम । अमेरिकासँग आणविक वार्ता यही सप्ताहान्तमा रोममा हुने कुराको पुस्टी इरानले गरेको छ । यसअघि वार्तास्थल बारे अन्योल थियो । इरानले पहिले चाँहि वार्ता ओमानमा हुने बताएको थियो । रोममा वार्ता हुने जानकारी इरानको सरकारी टेलिभिजनले दिएको हो । वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका खेल्नेछ ।
यसैबिच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्ना उपराष्ट्रपति मोहम्मद जवाद जरीफको राजीनामा स्वीकृत गरेका छन् । जरीफ २०१५ को आणविक सम्झौताका प्रमुख वार्ताकार थिए । आफ्नो सरकारले केही कारणले गर्दा अब जरीफको अनुभवबाट लाभ उठाउन नसक्ने जरीफको प्रशंसा गर्दै राष्ट्रपतिले भनेका छन् । मध्यमार्गी र कानुनी विज्ञ मानिने मोहसेन इस्माइलीलाई नयाँ उपराष्ट्रपति नियुक्त गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय आणविक अनुगमन एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्रोसी पनि बुधबार तेहरान आइपुगेका छन् । उनको भ्रमणको उद्देश्य प्रस्तावित सम्झौता अन्तर्गत निरीक्षकहरूले कति पहुँच पाउनेछन् भन्नेबारे छलफल गर्नु भएको बताइएको छ । २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएपछि इरानले आईएईएका निरीक्षकहरूको पहुँचमा प्रतिबन्ध लगाएको थियो ।
वार्तामा विरोधाभासपूर्ण अडान लिनबाट इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई टाढा रहन आग्रह गरेका छन् । युरेनियम संवर्धन इरानको अधिकार भएको र यसलाई वार्ताको हिस्सा बनाउन नसकिने उनको भनाइ छ । इरान यस मुद्दामा विश्वास निर्माण गर्न इच्छुक रहेको तर युरेनियममा समृद्ध हुने उसको अधिकार अपरिवर्तित रहने बताइएको छ । दुई देशबिचको आधा शताब्दीसम्मको शत्रुतापछि यो वार्ता हुन लागेको हो । सम्झौता भएन इरानको आणविक कार्यक्रममा हवाई आक्रमण गर्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना