समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
बिहीबार, ०४ वैशाख २०८२, ११ : ३५
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौँमा बिहीबार मौन प्रदर्शन गर्ने भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन गर्न लागेको महासचिव रोहित दाहालले जानकारी दिए ।
पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने , मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव दाहालको भनाइ छ ।
राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चैत १५ गते समाचार संकलनका क्रममा काठमाडौंको तिनकुनेमा आगोमा जलेर रजकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण