सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
काठमाडौँ । विश्व बजारमा बहुमूल्य धातु सुनको भाउले नयाँ उचाइ छोएको छ । अमेरिका र चीनबिच सुरु भएको व्यापार युद्धको असर कस्तो होला भनेर यतिबेला लगानीकर्ताहरू त्रस्त छन् । यस्तोमा शेयरलगायत जोखिमयुक्त सम्पत्तिमा लगानी गर्नुको सट्टा लगानीकर्ताहरूले सुन जस्ता सेभ हेभन एसेटमाथि धमाधम लगानी बढाइरहँदा हालैका दिनहरूमा सुनको भाउले नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ ।
बुधवार स्पट गोल्डको भाउ प्रतिऔंस ३ हजार ३५७ डलर ४० सेन्टसम्मको उच्च बिन्दुमा उक्लिएको थियो । तर बजार बन्द हुँदा भने यो वृद्धि केही घट्यो । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदर सुस्ताउने, महँगी चुलिने अनि बेरोजगारी बढ्ने जोखिम धेरै भएको भनेपछि सुनको मागसँगै भाउ पनि आकासिएको हो ।
आर्थिक अनिश्चिय वा भूराजनीतिक उथलपुथलको समयमा सुनलाई लगानीका लागि सुरक्षित साधनको रूपमा हेरिन्छ । बुधवार इकोनोमिक क्लब अफ सिकागोमा पावेलले अपेक्षा गरिएभन्दा उच्च ट्यारिफले आर्थिक वृद्धिदर सुस्त बनाउन सक्ने अभिव्यक्ति दिएका थिए । यति बेला सुनको भाउमा भइरहेको वृद्धिलाई विश्लेषकहरूले चार दशकअघिको इरानी क्रान्तिको समयमा भएको वृद्धिसँग तुलना गरेका छन् ।
१९७९ को नोभेम्बरदेखि १९८० को जनवरीको बिचमा सुनको भाउ १२० प्रतिशतले बढेको थियो । व्यापार युद्ध सुरु हुने सङ्केतका बिचमा गएको महिना पहिलो पटक सुनको भाउ पहिलो पटक ३ हजार डलरमाथि उक्लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण