छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
नयाँ दिल्ली । छोरीको बिहेको १० दिनअघि अलिगढमा सपना नाम गरेकी महिला छोरीको हुनेवाला श्रीमानसँग भागेकी थिइन् । यस मामिलाको छानबिनको क्रममा दुवै सँगै भएको प्रहरीले पत्ता लगायो । दुई जनाबिच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि केही दिनमै यो बेमेल सम्बन्ध सामाजिक सञ्जालमा भाइरल भयो ।
सपनासँग आफ्नो कुनै सम्बन्ध नभएको उनको परिवारले बताएको छ । बुधवार सपना आफ्नो हुनेवाला ज्वाइँसँगै दादोन प्रहरी चौकीमा पुगेकी थिइन् । उनीहरू दुवै आफ्नै इच्छाले त्यहाँ गएको र जीवनभर सँगै बस्ने बताइएको छ ।
मद्रक प्रहरी चौकी क्षेत्रको मनोहरपुर गाउँका बासिन्दा जितेन्द्र लुगा बेच्छन् । जितेन्द्रकी श्रीमती सपना र छोरी गाउँमा बस्थिन् । जितेन्द्रले आफ्नी छोरीको विवाह गाउँकै राहुलसँग तय गरेका थिए । तर यसबिचमा सपना र राहुल प्रेममा पर्छन् र विवाह अघि नै घर छोडेर जान्छन् ।
सपनाले घरबाट गहना र पैसा लगेको परिवारले आरोप लगाएको छ । आफ्नो हुनेवाला पतिसँग भागेपछि छोरीले आमा मरिसकेको र उनीसँग कुनै सम्बन्ध नभएको बताएकी छिन् । तर आमाले लगेको पैसा र गरगहना फिर्ता गर्नुपर्ने उनको माग छ ।
अप्रिल ६ मा मद्रक प्रहरी चौकी क्षेत्रस्थित मचरिया नागला गाउँ निवासी राहुल आफ्नी हुनेवाला सासू सपनासँग भागेका थिए । त्यसको १० दिनपछि अर्थात् बुधवार दिउँसो २ बजेतिर राहुल र सपना दादोन प्रहरी चौकी पुगे । श्रीमानले रक्सी पिएर आफूलाई हरेक दिन कुटपिट गर्ने गरेको सोधपुछको क्रममा सपनाले भनेकी छिन् ।
अब आफूले राहुलसँगै जीवन बिताउन चाहेको पनि उनले बताइन् । छोरीको बिहे तय भइसकेपछि फोनमा हुनेवाला ज्वाइँसँग कुरा गर्दा छोरीले विभिन्न आरोप लगाउने गरेको अनि यो सुनेर पतिले आफूलाई गाली गलौज गर्दै राहुलसँग भाग भनेर धम्क्याउने गरेको पनि उनले बताइन् । सासु र ज्वाइँ भागेर भारतका विभिन्न स्थानमा बस्दै नेपाल समेत पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण