सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
काठमाडौँ । शुक्रबार बिहानैदेखि सरकारी वेबसाइटहरु खुल्न समस्या देखिएको छ । सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणसहितका अधिकांश वेबसाइटहरु प्रभावित भएका हुन् ।
सिंहदरवारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्रले विद्युत आपूर्तिमा व्यवधान उत्पन्न भई यस प्रकारको समस्या उत्पन्न भएको जनाएको छ ।
‘यस केन्द्रको विद्युतीय प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर्मर स्वीचमा समस्या आई विद्युत आपूर्तिमा व्यवधान उत्पन्न भई मर्मत गर्नुपर्ने भएकोले यस केन्द्रबाट प्रवाह हुने सेवाहरु आज मिति २०८२ वैशाख ५ गते शुक्रबार विहान ८ बजेदेखि करिब २ घण्टा अवरुद्ध हुने हुँदा सो अवधिका लागि यस केन्द्रमा होस्ट भएका प्रणालीहरु यथाशिघ्र बन्द गर्नुहुन सूचित गरिन्छ’, केन्द्रको सूचनामा भनिएको छ ।
सूचनामा २ घण्टा भनिएपनि यो समाचार तयार पार्दासम्म वेबसाइटहरुमा अवरोध कायमै देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण