सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
काठमाडौँ । शुक्रबार बिहानैदेखि सरकारी वेबसाइटहरु खुल्न समस्या देखिएको छ । सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणसहितका अधिकांश वेबसाइटहरु प्रभावित भएका हुन् ।
सिंहदरवारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्रले विद्युत आपूर्तिमा व्यवधान उत्पन्न भई यस प्रकारको समस्या उत्पन्न भएको जनाएको छ ।
‘यस केन्द्रको विद्युतीय प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर्मर स्वीचमा समस्या आई विद्युत आपूर्तिमा व्यवधान उत्पन्न भई मर्मत गर्नुपर्ने भएकोले यस केन्द्रबाट प्रवाह हुने सेवाहरु आज मिति २०८२ वैशाख ५ गते शुक्रबार विहान ८ बजेदेखि करिब २ घण्टा अवरुद्ध हुने हुँदा सो अवधिका लागि यस केन्द्रमा होस्ट भएका प्रणालीहरु यथाशिघ्र बन्द गर्नुहुन सूचित गरिन्छ’, केन्द्रको सूचनामा भनिएको छ ।
सूचनामा २ घण्टा भनिएपनि यो समाचार तयार पार्दासम्म वेबसाइटहरुमा अवरोध कायमै देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थानकोटमा सवारी दुर्घटना : भारतीय कार घरमा ठोक्कियो
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?
-
गृहले भन्यो – अध्यागमन कार्यालयसँग जोडिएका समाचारबारे हाम्रो गम्भीर ध्यानाकर्षण छ
-
कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर