शान्तिदूत प्रेम रावत नेपाल आउँदै

बुटवल । विश्व विख्यात शान्तिदूत, बहु–विधामा गिनिज वर्ल्ड रेकर्ड होल्डर तथा सर्वाधिक बिक्री भएका पुस्तकका लेखक प्रेम रावत एक दशकभन्दा लामो समयपछि नेपाल आउने भएका छन् ।
विगत ५५ वर्षदेखि विश्वभर शान्ति, आत्मचेतना र आन्तरिक परिपूर्णताको सन्देश फैलाउँदै आएका रावतले नेपालमा विशेष शान्ति सन्देश कार्यक्रम गर्दैछन् । उनी यही वैशाख ६ गते शनिवार रुपन्देहीको सैनामैना नगरपालिका–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना हुने यस कार्यक्रममा सहभागी हुनेछन् ।
बिहान ७ः३० बजेदेखि १०ः०० बजेसम्म चल्ने यो कार्यक्रम आत्मज्ञान प्रचार संघ नेपालले आयोजना गरेको हो । कार्यक्रममा रावतले आफ्नो जीवन्त शान्तिको सन्देश प्रस्तुत गर्नेछन् ।
हालै भारत भ्रमणका क्रममा रायपुर, मिर्जापुर र देहरादुनमा हजारौँ श्रोतालाई सम्बोधन गर्दै रावतले आन्तरिक शान्ति प्रत्येक व्यक्तिको मौलिक आवश्यकता भएकोमा जोड दिएका थिए । रावतले आफ्ना श्रोताहरूलाई आफूभित्र हेर्न र आन्तरिक शान्तिको खोजी गर्न प्रेरित गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री सिंहको आरोपः मैले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले पैसा लिएर खुलाए
-
नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित
-
एक यात्रीको शे–फोक्सुण्डो ताल डोल्पाको यात्रा
-
गृहमन्त्रीलाई सुदन किरातीको आग्रह : मानव तस्करी प्रकरणमा राजीनामा दिनुहोस्
-
मधेश सरकारमा कांग्रेसको आँखा, गृहमन्त्रीले कोट्याए सरकार फेरबदलको मुद्दा
-
रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा, रवि लामिछानेबारे के भन्यो ?