मुख्यमन्त्री सिंहको आरोपः मैले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले पैसा लिएर खुलाए
बरहथवा । मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंहले आफूले बन्द गराएका अवैध निजी अस्पतालहरू स्थानीय तहले पुनः सञ्चालनमा ल्याएको गम्भीर आरोप लगाएका छन् ।
शनिबार सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा आयोजित जनमत पार्टीको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा दर्ता नभएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरू बन्द गराए पनि स्थानीय सरकारहरू पैसा लिएर ती अस्पताल फेरि खोल्न दिइरहेको दाबी गरे ।
'मैले अनुुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड विपरीतका अस्पताल बन्द गराएँ । तर स्थानीय तहले धमाधम पैसा खाएर खुल्न दिइरहेका छन्,' उनले भने ।
संयुक्त सरकार सञ्चालनको सन्दर्भमा सिंहले अन्य पार्टीहरूसँग मिलेर सरकार चलाउँदा आफूले सोचेजस्तो काम गर्न नपाएको गुनासो समेत पोखे । उनले अनेकन अप्ठ्यारा र अवरोधहरूबीच सरकार सञ्चालन गर्नुपरेको बताए ।
कार्यक्रममा उनले आगामी निर्वाचनमा जनमत पार्टीले ५० भन्दा बढी सङ्घीय सिट जित्ने लक्ष्य राखेको जानकारी गराउँदै पार्टी अध्यक्ष डा. सीके राउतलाई प्रधानमन्त्री बनाउने अभियानमा लाग्ने उद्घोष गरे ।
आफ्नो पार्टीको कार्यक्रम सम्पन्न गरेपछि साँझ मुख्यमन्त्री सिंहले बरहथवा–१ स्थित खर्साल घाटमा पुगेर बागमती नदीको तटबन्धको निरीक्षण समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण