शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै

शुक्रबार, ०५ वैशाख २०८२, १८ : ४२
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । पाइलट एशोसिएसन अफ नेपालले स्काईवेल पाइलट समिट गर्ने भएको छ । एशोसियनले नेपालमा पहिलो पटक यस्तो खालको समिट गर्न लागेको हो ।

शनिवार लैनचौरमा रहेको मल्ल होटेलमा नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ गर्न लागेको हो । समिटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन् ।

नेपालको पहिलो रियल इभी एसयुभीले समिटको स्पोन्सर गरेको छ । एशोसिएसन विभिन्न वायुसेवा कम्पनीसँग आबद्ध रहेका नेपाली पाइलटहरूको संस्था हो ।

पाइलटहरूको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका लागि अग्रसर रहँदै आएको छ ।

पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलका अनुसार समिटमा एसोसिएसनको औपचारिक शुभारम्भको घोषणा गरिनेछ । 

समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलता क्षेत्रमा एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि गर्ने वार्षिक कार्यक्रम समेत सार्वजनिक गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप