प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
शुक्रबार, ०५ वैशाख २०८२, २० : ०१

नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताएका छन् ।
उक्त सडकको गैँडाकोट खण्डको शुक्रबार निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए ।
सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए ।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी थिए ।
देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा