विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
शुक्रबार, ०५ वैशाख २०८२, २० : ५४
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् ।
दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । क्रिकेट फ्यानहरूले नवजोडीलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।
२७ वर्षीय बोहराले नेपालका लागि २ एक दिवसीय र ६२ टी२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन् ।
उनले हालसम्म टी२० मा ७५ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ रन खर्चेर ६ विकेट लिनु हो ।
उनले एपीएफ, कान्तिपुर गुर्खाज, बुटवल ब्लास्टर्स र भैरहवा ग्लाडिएटर्सबाट क्लब क्रिकेट खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण