शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश

शुक्रबार, ०५ वैशाख २०८२, २० : ५४
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् । 

दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । क्रिकेट फ्यानहरूले नवजोडीलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।

२७ वर्षीय बोहराले नेपालका लागि २ एक दिवसीय र ६२ टी२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन् । 

उनले हालसम्म टी२० मा ७५ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ रन खर्चेर ६ विकेट लिनु हो ।

उनले एपीएफ, कान्तिपुर गुर्खाज, बुटवल ब्लास्टर्स र भैरहवा ग्लाडिएटर्सबाट क्लब क्रिकेट खेलिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप