मार्क्रम र बडोनीको अर्धशतक, लखनउद्वारा १ सय ८१ रनको लक्ष्य प्रस्तुत
जयपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औँ खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्ससामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनायो ।
टोलीको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै फर्ममा रहेका मिचेल मार्स ४ रन बनाएर पभिलियन फर्किए । ओरेन्ज क्यापको दौडमा अगाडि रहेका निकोलस पूरन पनि लामो समय टिक्न सकेनन् । उनी पनि मात्र ११ रन बनाएर आउट भए ।
कप्तान ऋषभ पन्त ३ रन बनाएर आउट हुँदा टोलीले आठौँ ओभरमा ३ विकेटको क्षतिमा ५४ रन मात्र जोड्न सकेको थियो । त्यसपछि ऐडन मार्क्रम र आयुष बडोनीले लखनउको इनिङ्स सम्हाले । उनीहरूले मिलेर ४९ बलमा ७६ रन जोडे ।
मार्क्रमले ४५ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले ६६ रन जोडे । मार्क्रम आउट भएपछि बडोनी पनि लामो समय टिकेनन् । उनले ३ बलमा ५० रन बनाए । यसक्रममा उनले ५ चौका र १ छक्का हिर्काए ।
खेलको अन्त्यतिर अब्दुल सामदले तीव्र गतिमा रन बनाए । उनले मात्र १० बलमा ३० रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४ छक्का प्रहार गरे । राजस्थानका लागि वानिन्दु हसरंगाले २ विकेट लिए भने जोफ्रा आर्चर, सन्दीप शर्मा र तुसार देशपाण्डेले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण