महेन्द्रलाई माओवादीमा हैसियतभन्दा बढी ‘स्पेस’

काठमाडौँ । माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवबारे प्रश्न उठेको छ । महोत्तरीको बर्दिबासमा वैशाख ३ गते बसेको माओवादी केन्द्रीय नेताहरूको बैठकमा मधेसका अधिकांश नेताले प्रश्न उठाएका थिए ।
माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव जितेका यादवलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यकताभन्दा बढी स्पेस दिएका नेताहरूले गुनासो गरेका स्रोत बताउँछ ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकताको कुरा चलेको वर्षौँ भइसक्दा पनि दुई दलबिच हुन सकेको छैन । एकताको पर्खाइमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव छन् । तर पार्टीकै सांसद तथा नेताको हैसियतमा अध्यक्ष प्रचण्डले यादवलाई स्पेस दिएपछि मधेसका माओवादी नेताहरू चिढिएका हुन् ।
समाजवादी मोर्चाको बैठक वा कार्यक्रममा सहभागी हुनु फरक कुरा भए पनि माओवादीको कार्यक्रममा यादवलाई सहभागी गराउँदा नेताहरूले बैठकमा गुनासो गरेका एक माओवादी नेताले बताए ।
हुलाकी राजमार्ग केन्द्रित अभियानमा मधेसका विभिन्न जिल्लामा यादव पनि सहभागी भएका थिए । उनी कुन हैसियतमा अभियानमा सहभागी भए भन्ने बैठकमा प्रश्नसमेत उठेको ती नेताले बताए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादव, अजयशंकर नायकलगायत नेताले यादवमाथि प्रश्न उठाएका थिए । ‘यादवजीले माओवादी केन्द्रसँग एकता गर्नुपर्यो, वा पार्टी प्रवेश गर्नुपर्यो, तब मात्र पार्टीका कार्यक्रममा सहभागी हुन पाउँछन्,’ उनीहरुको भनाइ उदृत गर्दै ती नेताले भने, ‘माओवादी केन्द्रमा उहाँको कुनै हैसियत छैन, तर कार्यक्रमहरूमा प्रचण्डकै छेउमा उहाँको सिट हुन्छ ।’
माओवादीको चुनाव चिह्नबाट जितेकै कारण उनलाई त्यसरी स्पेस दिइनु गलत भएको उनको बुझाइ छ ।
नेपाल समाजवादी पार्टी समाजवादी मोर्चामा पनि थिएन । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चाबाट अलग भएपछि सो ठाउँमा यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई राखिएको थियो । मोर्चामा मधेसी नेताको अनुहार देखाउन यादवलाई यहाँ राखिएको राजनीतिक वृत्तमा चर्चा गरिन्छ ।
यादवले आफूलाई माओवादी केन्द्रको हुँ भन्ने दाबी गरे भने समाजवादी मोर्चामा छुट्टै पार्टीको हैसियतमा सहभागी हुन पाउँदैन । र, छुट्टै पार्टी हुँ भने पनि माओवादी केन्द्रको कार्यक्रममा कसरी सहभागी भए ? माओवादीभित्रका मधेसवादी नेताहरू प्रश्न गर्छन् । उनको हैसियत पार्टीमा के हो भनी स्पष्ट गर्न माओवादीका नेताहरूले पार्टीभित्र माग गरेका छन् ।
नेपाल समाजवादी पार्टी र माअोवादी केन्द्रबिच एकताको विषय धेरै पहिलादेखि हुँदै आएको छ । त्यसका लागि पटक–पटक वार्ता पनि भएको हो । तर यादवले माओवादी पार्टीको नाम परिवर्तन नगरेसम्म एकता नहुने अडान लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री फतेहीको २३ सदस्यीय टोली नेपाल आइपुग्यो
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
रवि लामिछानेका वकिलले पटक–पटक पेसी स्थगित गरेर ‘थाहै दिइएन’ भनेपछि...
-
प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि पुन: सवारी चालक अनुमतिपत्र छपाइ सुरू
-
षट्कोण आर्ट्सले घोषणा गर्यो नयाँ फिल्म ‘लालीबजार’
-
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी