ट्रम्पविरुद्ध हजारौँ मानिस सडकमा
आइतबार, ०७ वैशाख २०८२, ०८ : ४५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका निर्णयहरूको विरोधमा शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिए । आन्दोलनलाई ‘५०५०१’ नामले चिनिएको । यसको अर्थ ‘५० विरोध प्रदर्शन’, ‘५० राज्य’ र ‘१’ आन्दोलन हो।
ट्रम्प प्रशासनले आपराधिक समूहलाई एल साल्भाडोर डिपोर्ट गर्दा झुक्किएर किल्मर अब्रेगो गार्सिया पनि डिपोर्ट भएका थिए । अदालतले समेत उनलाई फिर्ता ल्याउन ट्रम्प प्रशासनलाई आदेश दिइसकेको छ ।
तर उनलाई अमेरिकाले फिर्ता ल्याउन सक्ने ट्रम्प प्रशासनका अधिकारीहरूले भन्दै आएका छन् । विरोध प्रदर्शनमा गार्सियाको साथसाथै अन्य विभिन्न मुद्दाहरूलाई उठाइएको थियो ।
प्रदर्शनकारीहरूले सरकारी जागिरमा कर्मचारी कटौती र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयलाई पनि मुद्दा बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा