राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो
काठमाडौँ । गत चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन गरेर आजका विरोधका कार्यक्रम सकेका हुन् ।
-001_xCNsY06TbX.jpg)
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले आजको विरोध प्रदर्शनको कार्यक्रम सकिएको बताए । विगत १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्दै आएका छन् ।
_EeYNECZrg6.jpg)
हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आज राप्रपाले सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि तय गरिएको थियो । उनीहरूको आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै आन्दोलनका कार्यक्रम सकेका हुन् । राप्रपाले दिउँसो १ बजेदेखि विजुलीबजार पुलमा प्रदर्शन गर्न लागेका छन् ।
_0jxV0FhBZm.jpg)
आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै शिक्षकहरूलाई आफ्नो युनिफर्म र आईडी कार्ड अनिवार्य लगाएर आउन भनिएको थियो। भोलिबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नै प्रदर्शन गरिने अध्यक्ष भण्डारीले बताए । तस्बिर: कृष्ण खड्का/रातोपाटी_4tA4VphkfN.jpg)
_aspfEzD8SH.jpg)
_if75d4KuIk.jpg)
_mhQegAmYb8.jpg)
_LuOs1YLO4w.jpg)
_Il2YfTYKE6.jpg)
_SDwuaqq5XG.jpg)
_Ijn8U3tiSk.jpg)
_olAf1KRW0Y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण