बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो

आइतबार, ०७ वैशाख २०८२, ११ : २५
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । गत चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन गरेर आजका विरोधका कार्यक्रम सकेका हुन् । 

teacher-bijulibazar (1)-001

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले आजको विरोध प्रदर्शनको कार्यक्रम सकिएको बताए ।  विगत १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्दै आएका छन् ।

teacher-bijulibazar (3)

हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आज राप्रपाले सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि तय गरिएको थियो ।  उनीहरूको आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै आन्दोलनका कार्यक्रम सकेका हुन् । राप्रपाले दिउँसो १ बजेदेखि विजुलीबजार पुलमा प्रदर्शन गर्न लागेका छन् । 

teacher-bijulibazar (4)

आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै शिक्षकहरूलाई आफ्नो युनिफर्म र आईडी कार्ड अनिवार्य लगाएर आउन भनिएको थियो। भोलिबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नै प्रदर्शन गरिने अध्यक्ष भण्डारीले बताए । तस्बिर: कृष्ण खड्का/रातोपाटीteacher-bijulibazar (5)teacher-bijulibazar (6)teacher-bijulibazar (7)teacher-bijulibazar (8)teacher-bijulibazar (9)teacher-bijulibazar (10)teacher-bijulibazar (11)teacher-bijulibazar (12)teacher-bijulibazar (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप