दुई नयाँ पोस्टरमा यस्तो देखियो ‘महाभोज’
काठमाडौँ । बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले फिल्मको २ पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमध्ये एक पोस्टरमा फिल्मका ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश छन् । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले फिल्ममा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।
दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ ।
फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । महाभोजमा मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत रहेको निर्देशक राउत बताउँछन् । उनले फिल्म मार्फत समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई उजागर गरेको बताए ।
‘महाभोज’ सामाजिक यथार्थमा आधारित फिल्म हो । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यनका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ ।
‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो । हिमाल कडरिया निर्माता रहेको फिल्म विकास सुवेदीले लेखेका हुन् ।
_tFbO5uiPow.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण