दिमागलाई तेज बनाउन चाहनु हुन्छ ? खानुस् यी तीन पेय पदार्थ
काठमाडौँ । मानसिक थकान र कमजोर स्मरण शक्ति आजकल सबै उमेरका मानिसहरूको लागि समस्या बनेको छ । केटाकेटी हुन् या वयस्क, सबैको चाहना दिमाग छिटो र एकाग्र भएर काम गरोस् भन्ने हुन्छ ।
यसबारे अमेरिकाका प्रसिद्ध न्यूरोलोजिस्ट डा. ह्युगो स्टेनले एक क्लिनिकल अनुसन्धान गरेका छन् । यसमा उनले मानव मस्तिष्कलाई तिखो बनाउने र स्मरण शक्तिलाई बलियो बनाउने ३ सुपर ड्रिंक्सबारे सुझाव दिएका छन् । यी पेय प्राकृतिक हुन् ।
यिनीहरूलाई दैनिक जीवनमा सजिलै अपनाउन सकिन्छ । दैनिक जीवनमा सेवन गर्ने आहारले हाम्रो मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्ने डा. स्टेनले भनेका छन् । बिहान पिउने पेय पदार्थले हाम्रो दिमागलाई बढी असर गर्छ । आजको यस लेखमा हामी यस्तै तीन थरी पेय पदार्थबारे कुराकानी गर्नेछौं ।
- ग्रीन टी
ग्रीन टीमा एमिनो एसिड एल–थीनिनले दिमागलाई शान्त राख्न र तनाव कम गर्न मद्दत गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले न्यूरोनहरूलाई क्षतिबाट जोगाउँछ र मस्तिष्कको कार्यमा सुधार ल्याउन मद्दत गर्छ । बिहान एक कप ग्री टी पिउनाले एकाग्रता बढाउन र दिमागलाई ‘अलर्ट’ राख्न मद्दत मिल्छ ।
- अर्ग्यानिक कफी (एमसीटी आयल)
एमसीटी तेल (मिडियम चेन ट्राइग्लिसराइड) मिसाएर अर्ग्यानिक कफी पिउनाले मस्तिष्क सक्रिय रहन्छ र नयाँ ऊर्जा दिन्छ । यो मिश्रणले मस्तिष्कको कुहिरो (ब्रेन फग) हटाउँछ र स्पष्ट रूपमा सोच्ने मानसिक क्षमता दिन्छ । केटोजेनिक आहार खानेहरूमाझ यो पेय पदार्थ विशेष लोकप्रिय छ ।
- म्याग्नेसियमयुक्त खनिज पानी
म्याग्नेसियम मस्तिष्कको कार्यको लागि आवश्यक खनिज हो । यसले न्यूरोट्रान्समिटर सन्तुलन कायम राख्छ र तनाव कम गर्न सक्छ । डा. स्टेनका अनुसार दिनमा कम्तीमा एक बोतल म्याग्नेसियमयुक्त खनिज पानी पिउनाले मस्तिष्कका कोषहरू सक्रिय रहन्छन् र थकान कम गर्न सक्छ ।
अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण