दुई प्रतियोगितामा भाग लिन तेवान्दो टोली चीन जाने
आइतबार, ०७ वैशाख २०८२, १६ : ४६
काठमाडौँ । दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सोमबार चीन प्रस्थान गर्ने भएको छ । दुवै प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष भण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको प्रशिक्षकमा सैयद हसन रेजा रहेका छन् । नेपाली टोली पहिले वैशाख १० देखि ११ गतेसम्म ताइवानमा आयोजना हुने सातौँ डब्लूटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा सहभागी हुनेछ । त्यसपछि टोली वैशाख १६ देखि १७ गतेसम्म आयोजना हुने १३ औँ एसियाली क्लब तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुक्सी जानेछ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण