रोल्पामा कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई जना बालक पक्राउ
आइतबार, ०७ वैशाख २०८२, १७ : ०६
काठमाडौं । रोल्पाको लुम्री गाउँपालिका–७ हार्जाङमा कुकुर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हार्जाङ घर भएका ११ र १८ वर्षका दिलबहादुर पुनका दुइभाई छोराहरु छन् ।
गाउँमा १४ जनालाई टोकेको आरोपमा उनीहरुले वैशाख ३ मा झुण्ड्याएर यातना दिएर कुकुर मारेका हुन् ।
कुुकुरलाई झुण्ड्याएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुलिचौरका इन्स्पेक्टर अरुण लामाले रातापाटीलाई बताए ।
कुुकुरलाई यातना दिएर मारेको घटनामा संलग्न अर्का एकजना दाङमा पक्राउ परेका छन् । दाङको लमहीमा पक्राउ गरेर स्थानिय सुन्दर परियारलाई रोल्पा लगिँदै छ ।
उनीहरुहरु विरुद्ध प्रहरीले पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
-
बैंकिङ कसुर मुद्दामा महिला पक्राउ
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण