हरितारा पुरस्कार पहारी, उप्रेती र सुबेदीलाई
काठमाडौँ । चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ ।
यस्तै ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विष्णु सुबेदीलाई प्रदान गरिने आयोजक संस्था परिवर्तन नेपालले जनाएको छ ।
‘हरितारा चलचित्र पुरस्कार’ का संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार पहारी र २०८१ सालको पुरस्कार उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारमा लिखत सहित जनही २५ हजार राशिको थैली रहने जनाइएको छ ।
बैठकले यस वर्ष देखि ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’को स्थापना गरेको हो । स्थापना वर्षको पुरस्कार चलचित्र पत्रकार विष्णु सुवेदीलाई नगद १० हजार राशि सहित प्रदान गरिने जनाइएको छ ।
परिवर्तन नेपालका अध्यक्ष तथा ‘हरितारा चलचित्र पुरस्कार’का सदस्य सचिव मोहन निरौलाका अनुसार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष राखी यो पुरस्कारको स्थापना गर्नुभएको हो ।
पुरस्कृत अभिनेता पहारी ४ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रमा क्रियाशील छन् भने अभिनेत्री उप्रेती २ दशक भन्दा बढी समय देखि अभिनय सक्रिय छिन । यस्तै पत्रकार सुबेदी दुई देखि पत्रकारितामा निरन्तर क्रियाशील छन् ।
यस अघि ‘हरितारा चलचित्र पुरस्कार’ विशिष्ट कलाकर्मीहरू बसुन्धरा भुसाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रवीन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय सङ्ग्रौला रेखा थापा, दिनेश डी.सी., शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौलालगायतलाई प्रदान गरिएको छ ।
यस्तै परिवर्तन नेपालको वैशाख ५ गते बसेको बैठकले ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता करण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको छ ।
साथै सोही बैठकले नेपाली चलचित्रको विकाश, विस्तार प्रवर्द्धनमा सक्रिय रहेका विभिन्न कलाकर्मीहरूलाई ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मान गर्ने निर्णय गरेको छ ।
बैठकले अभिनेता रवीन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबी रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई उक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो ।
साथै सञ्चारकर्मी तुलसी गिरी भावुक, सञ्चारकर्मी कृष्ण भुसाल र सञ्चारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, शान्तिप्रिय रहेको ३ सदस्यीय कमिटीले गरेको हो ।
आगामी ज्येष्ठ पहिलो साता विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार र सम्मान अर्पण गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण