एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
काठमाडौं । इन्जुरी समयमा जादुई गोल गर्र्दै फेडेरिको भाल्भर्डले रियाल मड्रिडलाई ला लिगाको उपाधि दौडमा उभ्याएका छन् । जिद्दी एथ्लेटिक बिल्बाओविरुद्ध उनले इन्जुरी टाइममा गोल गर्दै रियाल मड्रिडलाई उपाधि दौडमा उभ्याएका हुन् ।
भाल्भर्डले आफ्नो बाँया खुट्टाको बाहिरि भागबाट जोडदार हाफ भोलीलाई इन्जुरी टाइमको तेस्रो मिनेटमा पोष्टको शिरोभागबाट जाली चुमाए । यो सिजन उनको यो छैठौं गोल हो । यो खेलमा फ्रान्सका अग्रपंक्ति केलियन एम्बाप्पे मैदानमा थिएनन् ।
कारण अलाभेसविरुद्धको खेलमा रेड कार्ड खाएपछि उनलाई एक म्याचको प्रतिबन्ध लागेको थियो । एम्बाप्पे विनै कार्लो एन्सेलोटीको टोलीले पुनरागमन गरेको छ । अब रियाल लिग लिडर
बार्सिलोनाभन्दा जम्मा ४ अंकले पछि छ । शीर्ष स्थानको बार्साको ७३ अंक हुँदा समान ३२ खेलबाट रियालको ६९ अंक भएको छ । तेस्रो स्थानको एटलेटिकोको ६३ अंक छ ।
ला लिगा मै, ओसासुनाले रियाल भालाडोलिडलाई ३-२ ले हराउँदा भियारियाल र रियाल सोसिडाडले २-२ तथा सेभिया र डेपोर्टिभो अलाभेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण