कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. धामी
सोमबार, ०८ वैशाख २०८२, ०६ : ४४
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा. डबलबहादुर धामी नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुरु गर्ने अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
यसअघि प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण