बेपत्ता र सत्यनिरुपण आयोगमा १० पदाधिकारीका लागि ११० जनाको निवेदन
काठमाडौँ । बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य गरी १० जना पदाधिकारीका लागि ११० जनाको निवेदन परेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयका अनुसार अध्यक्ष तथा सदस्यका लागि व्यक्तिगत ८० र संस्थागत रूपमा ३० जनाको आवेदन परेको हो ।
प्राप्त आवेदनलाई समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ । सिफारिस समितिकी प्रवक्ता डा. लिली थापाका अनुसार सबै आवेदन कानुन मन्त्रालयको वेबसाइटमा सोमबार प्रकाशन गरिनेछ ।
समितिले दुवै आयोगको अध्यक्ष तथा सदस्यका लागि इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम आवेदन फाराम भरी १० दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न भनेको थियो । समितिले आवेदन दिन आइतबारसम्मको समय दिएको थियो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ अनुसार दुवै आयोगमा आयोगमा अध्यक्षसहित पाँच–पाँच सदस्य रहने व्यवस्था छ ।
आएका आवेदनमा समितिले अध्ययन गरेर योग्य व्यक्तिहरूको सूची (सर्ट लिस्ट) तयार पारेर सिफारिस गर्नेछ ।
‘परेका निवेदन र डकुमेन्टहरूमाथि अध्ययन हुन्छ । त्यसपछि प्रक्रिया पुर्याएर सर्टलिस्टको सूची प्रकाशित गरिनेछ,’ प्रवक्ता थापाले रातोपाटीसँग भनिन्, ‘सर्च कमिटीले समयमै आफ्नो जिम्मेवारी पुरा गर्ने गरी काम गरिरहेको छ ।’
गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की, अधिकारकर्मी स्टेला तामाङ र मानव अधिकार आयोगका तर्फबाट डा. लिली थापा रहेको सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण